नियम ८७
आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवा परीक्षामा उम्मेद्वारीको व्यवस्था
(१) नियम ८६ बमोजिम प्रकाशित विज्ञापन अनुसार ऐनको दफा २१ बमोजिमको सेवा अवधि र शैक्षिक योग्यता पुगेका देहाय बमोजिमका कर्मचारी उम्मेदवार हुन सक्नेछन् ः-
(क) राजपत्राङ्कित द्वितीय श्रेणी सम्मको पदको लागि बढुवा हुने पद भन्दा एक श्रेणी मुनिको पदमा निजामती सेवा,
व्यवस्थापिका–संसद सचिवालय सम्बन्धी ऐन, २०६४ बमोजिमको सेवा र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिमको सेवामा कार्यरत कर्मचारी ।
(ख) राजपत्राङ्कित प्रथम श्रेणीको पदको लागि राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा कार्यरत सम्बन्धित सेवाका
निजामती कर्मचारी ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि राजपत्र अनङ्कित द्वितीय श्रेणीको पदको लागि नियम ८६
बमोजिम प्रकाशित विज्ञापन अनुसार ऐनको दफा ७ को उपदफा (६) बमोजिमका निजामती कर्मचारीहरु उम्मेदवार हुन सक्नेछन् ।